सेती प्रयोगशालामा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
सोमबार असोज २५, २०७८/ Monday 10-11-21
Paschim Today
धनगढी, २५ असोज । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६९ जनाको नमूना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
हाल अस्पतालमा ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ५ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ । यस्तै अस्पतालमा १ जना बिरामी भर्ना भएका छन् ।
यस्तै अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हसनेमा कञ्चनपुरको दोधारा चाँदनी ९ की ८० बर्षिय वृद्धा रहेको अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया