Close This

मुगुमा बस दुर्घटना : घाइतेको हेलिकोप्ट मार्फत उद्दार गरिदै  

मंगलबार असोज २६, २०७८/ Tuesday 10-12-21
Paschim Today

सुर्खेत,२६ असोज  । दसैंको फुलपातिका दिन मुगुमा भएको बस दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाको कारण स्पष्ट हुन बाँकी रहेको भए पनि ओभरलोडले गर्दा अनियन्त्रित भएर बस खसेको अनुमान गरिएको छ ।

सुर्खेतबाट मुगुको सदरमुकामा गमगढीका लागि गएको भे १ गख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । घटनास्थलमा रहेका मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर हरीजंग शाहीका अनुसार बस माथिल्लो बाटोबाट ढुन्मुनिएर तलको सहायक बाटोमा खसेको थियो । करिब दुई सय मिटर तल खसेको बस पूर्णरुपमा क्षतिग्रस्त छ ।

अहिले घटनास्थलमा नेपाली सेनाको हेलिकोप्टर उद्दारका लागि पुगेको छ । दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीयवासी पनि उद्दारमा सक्रिय छन् ।

यो पनि पढ्नुस् :-

मुगुमा यात्रुवाहक बस दुर्घटना, ठूलो क्षतिको आशंका

मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते

मुगुमा बस दुर्घटना :  मृत्यु हुनेको संख्या २३ पुग्यो