Close This

धनगढी बजारमा छैन ब्यापार, भारतीय बजारमा दशैंको किनमेल 

शुक्रबार असोज २९, २०७८/ Friday 10-15-21
सुनिता विक

धनगढी, २९ असोज । कैलाली र कञ्चनपुरबाट नजिकै रहेका भारतीय बजार बनगाँउ, तिकुनीया, पलिया, सुडा तथा बनबाँसा नजिकै रहेको छन्  । चाडपर्व सुरु भएसँगै नेपाली बजार भन्दा भारतीय बजारमा भीड लाग्ने गरेको छ ।

नेपाली बजार भन्दा केही सस्तोमा सामान पाइने भन्दै धेरै उपभोक्ता भारतीय बजार सम्म पुग्ने गरेको बताउँछन् । चाडपर्व सुरु भएसँगै थुर्पै नेपालीहरू नजिकै रहेको भारतीय बजारमा जाने गरेका हुन् । गौरीफन्टानाका हुँदै उनीहरू भारतीय बजारमा खाद्यान्न, दाल, चिनी देखी लत्ताकपडा किन्न जाने गरेका हुन् ।

धनगढी मिलनचोककी आरती नेपालीले दसैँको समान किन्न बनगाउँ बजारबाट किनेको बताइन् । उनले यताको बजार भन्दा भारतीय बजारमा सामान सस्तो पाइने बताइन् । ‘चिनी, दाल, कपडा धनगढी बजारको भन्दा सस्तो पाइन्छ,’ उनले भनिन् । सधैँ नआएपनि चाडपर्वका बेला बनगाउबजार सम्म पुग्ने गरेको उनको भनाई छ ।

कोरोना संक्रमणका बेला बन्द भएका भारतीय बजार खुलेपछि  फेरी नेपालीहरू जान थालेका छन् । पार्वती चौधरीले पनि दसैँमा बच्चाहरूका लागि तथा घरपरिवारको लागि लुगा किन्न बनगाउँ बजार गएको बताइन् । ‘धनगढीमा एक हजार पर्ने सुटलाई चार, पाँच सय सम्म दिन्छन्,’उनले भनिन् । सस्तो कपडा पाइने भएपछि साथीहरूसँग  बनगाउँ  बजार आएको उनले बताइन् ।

धनगढी बजारमै सस्तोमा सामान पाइने भइदिए दुःख गरेर भारतीय बजार सम्म पुग्नु नपर्ने उनको भनाई छ। कोरोनाको कहर बढेका बेला बन्द रहेको बनगाउँबजार अहिले सुचारु हुँदा थुर्पै नेपालीहरू पुग्ने गरेका छन्। अहिले दसैँ सुरु भइसकेको हुँदा नेपालीहरूको भीड भारतीय बजारमा बढेको छ ।  त्यस्तै  दसैँ, तिहार, छठ तथा विवाह भोजका लागि सामान किन्नु पर्ने भएमा धेरै नेपालीहरू भारतीय बजारमा जाने गरेका छन् ।

कोरोनाको जोखिम कायमै भएका बेला उनीहरू जोखिम मोलेरै भारतीय बजार जाने गरेको छन् । भारतीय बजारमा कैलाली कञ्चनपुरबाट मात्रै नभएर सस्तो सामान पाउने भन्दै सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नेपालीहरू भारतीय बजार जाने गरेका छन् । 

‘केही रुपैयाँ सस्तो सामान पाउने भन्दै नेपालीहरू भारतीय बजार जान्छन् तर गुणस्तरमा ध्यान दिँदैनन् किराना व्यवसाय सँग कैलालीका अध्यक्ष लक्षमण पन्तले बताए । ‘हामीले भन्सार कर तिरेर सामान ल्याउने हुँदा केही महँगो हुन्छ, तर धेरै ग्राहकलाई मार पर्ने गरी महँगो हुँदैन,’ उनले भने कतिपय बुझेका वर्ग पनि सस्तो पाउने भरमा जान्छन् । नेपालमा पाइने सामान गुणस्तरीय हुने गरेको भए पनि तर नबुझेरै धेरै नेपालीहरू सस्तो पाउने भरमा भारतीय बजार सम्म पुग्ने गरेको पन्तको भनाई छ । केही सामान नेपाली बजारमा महँगो हुने गरेको भए पनि तर गुणस्तरीय हुने गरेको उनले बताए ।

भान्सारबाट सामान ल्याउँदा कर तिर्नु नपर्ने हुँदा उपभोक्ताहरू सामान लिन भारतीय बजार पुग्ने गरेका छन्। केही साना व्यापारीहरूले पनि फलफूल तथा तरकारीहरू भारतबाट ल्याउने गरेका छन् । यसरी भारतबाट आउने सामानमा गुणस्तरीयता भने नहुने कैलाली उद्योग वाणिज्य  सङ्घ कैलालीका अध्यक्ष पुष्प राज कुँवरले बताए । उनले खाद्यान्न तथा अन्य सामानहरूमा गुणस्तरीयता भने नहुने बताए ।

‘धनगढी बजार छोडेर भारतीय बजार जाँदा नेपाली बजारमा पनि असर पर्छ,’ उनले भने । यसका लागि भन्सार कार्यालय कैलालीले पनि कडाइ गर्नुपर्छ । भारतीय बजारमा नेपाली उपभोक्ता जाने गरेमा यसले नेपालको अर्थतन्त्रलाई पनि असर पर्ने बताए । भन्सारबाट यसरी भित्रिने सामानमा प्रशासनको ध्यान जानुपर्ने उनको भनाई छ ।