नेपालले ओमानलाई प्रस्तुत गर्याे २८१ रनको लक्ष्य
सोमबार कार्तिक ३, २०८३/ Monday 10-19-26
Paschim Today
काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार ओमानको अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो ।
नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । उनले ८१ बलमा दुई/दुई चौका र छक्का प्रहार गरे ।
दीपेन्द्रसिंह ऐरीले ६९, देव खनालले ५७, इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए । चौथो विकेटका निम्ति रोहित र दीपेन्द्रले १३९ रनको शतकीय साझेदारी गरे ।
ओमानका शाह फैसलले पाँच विकेट लिए । उनले आठ ओभरमा ५७ रन खर्चिए । जय ओडेदराले तीन र समय श्रीवास्तवले दुई विकेट हात पारे ।






तपाईको प्रतिक्रिया