सेती प्रयोगशालामा शुक्रबार थप २ जनामा कोरोना पुष्टि
शुक्रबार असोज २९, २०७८/ Friday 10-15-21
Paschim Today
धनगढी,२९ असोज । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १५ जनाको नमूना परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ
तपाईको प्रतिक्रिया