Close This

पूर्णमात्रामा  खोप लगाएका ३३ देशका यात्रुमाथि अमेरिकाले हटाउने भयो यात्रा प्रतिबन्ध

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today
फाईल तस्विर

काठमाडौँ, ३० असोज ।  अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपको पूर्णमात्रा लगाएकाहरुका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

आउँदो नोभेम्बर ८ देखि ३३ देशका यात्रु, जसले खोपको पूर्णमात्रा लगाएका छन्, उनीहरुका लागि सीमा पूर्णरुपमा खुला हुने अमेरिकाले जनाएको हो ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको नयाँ नियम अनुसार खोपको पूर्णमात्रा लगाएका तथा यात्राको ७२ घण्टा भित्रको परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएकाहरु अमेरिका प्रवेश गर्न पाउने छन् ।

अमेरिकामा गएको वर्षको सुरुवातदेखि नै कडा यात्रा प्रतिबन्ध कायम छ । सार्वजनिक स्वास्थ्यलाई ख्यालमा राखेर यात्रा सम्बन्धी निर्देशिका जारी गरिएको र यो क्रम कायम रहने ह्वाइट हाउसका प्रवक्ताले बताएका छन्।

नयाँ नियम युरोपका २६ देशहरुको समूह शेन्जेनसँगै बेलायत, ब्राजिल, चीन, भारत, इरान, आयरल्याण्ड र दक्षिण अफ्रिकाका लागि लागु हुनेछ ।

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले स्वीकृत गरेको वा विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले आपतकालीन प्रयोगको अनुमति दिएको खोप लगाएकाहरु यात्राका लागि योग्य हुने जनाइएको छ ।

अमेरिका प्रवेशपछि यात्रुहरु क्वारेन्टिमा बस्नु पर्ने छैन।