वरुण र कृतिको ‘भेडिया’को नयाँ प्रदर्शन मिति सार्वजनिक

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today

वरुण धवन र कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘भेडिया’ अप्रिल १४ मा रिलिज नहुने भएको छ । यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । अब यो चलचित्र सन् २०२२ को नोभेम्बर २५ तारिखमा रिलिज हुने भएको छ ।

वरुणले चलचित्रको पोष्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘भेडियाको पहिलो झलक सबैसामु प्रस्तुत गरेको छु । नोभेम्बर २५ मा यो चलचित्र हलमा लाग्नेछ ।’ अमर कौशिकको निर्देशनमा बनेको यो चलचित्र हरर कमेडी कथामा आधारित छ ।

चलचित्रमा वरुण र कृतिका साथै दीपक डोबरियाल, अभिषेक बनर्जी लगायतको मुख्य भूमिका छ ।अप्रिल १४ मा चलचित्र ‘लाल सिंह चड्डा र केजीएफ २’ रिलिज हुने भएपछि वरुणको ‘भेडिया’को प्रदर्शन मिति पछि सारिएको हो ।