टी-ट्वान्टी एसिया कप : नेपालको दोस्रो जित

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया नेपालले दोस्रो जित निकालेको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवतले एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा अल आउट हुदै जम्मा २७ रन जोडेको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । नेपालले यसअघि भुटानलाई ८ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा हङकङसँग हारेको थियो ।