Close This

टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु

सोमबार मङ्सिर २०, २०७८/ Monday 12-06-21
Paschim Today

बुटवल, २० मंसिर। प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका प्रहरीले जनाएको छ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा ई–रिक्सामा सवार प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।