Close This

लाइसेन्सको ट्रायल परीक्षा दिने दुई जना नक्कली परीक्षार्थी पक्राउ

सोमबार पौष २६, २०७८/ Monday 01-10-22
Paschim Today

धनगढी,२६ पुस ।  धनगढीमा अर्काको नाममा सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि ट्रायल दिने दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

सोमबार बिहान धनगढीको फाप्ला ट्रायल सेन्टरमा मोटरसाइकल चालक अनुमति पत्रको लागि ट्रायल दिन आएका उनीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ का दीपेन्द्र कुँवर र कञ्चनपुरको पुर्नवास नगरपालिका ३ का लक्ष्मण चौधरी पक्राउ परेका छन् । मोटरसाइकल चालक अनुमति पत्रको  पुनः प्रयोगात्मक परीक्षा दिन आएका दुवै जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा पहरी निरीक्षक वकिल सिंहले जानकारी दिए ।

उनका अनुसार कुँवर भिनाजुको नामबाट र चौधरी दाइको नामबाट ट्रायल दिन आएका थिए । उनीहरू दुवै जना अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।