Close This

नेप्से ३० अंकले घट्यो, ८ अर्ब माथिको शेयर कारोबार

बुधबार पौष २८, २०७८/ Wednesday 01-12-22
Paschim Today

काठमाडौँ,२८ पुस । केही दिन यता लगातार बढिरहेको शेयर बजारमा बुधबार ‘करेक्सन ’ देखिएको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर १८ सय ३ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ ।

बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । १ करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँ पुगेको हो । साताको पहिलो र दोस्रो दिन आइतबार र सोमबार लगातार ७ अर्ब माथिको कारोबार भएको थियो भने मंगलबार करिब ७ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

कसले कमाए ?, कसले गुमाए ?

बुधबार धेरै गुमाउनेको पहिलो नम्बरमा हिमालयन उर्जा विकास कम्पनी देखिएको छ । यस कम्पनीको शेयर मूल्य ३० रुपैयाँ ९० पैसाले घटेर बुधबार ४६७ रुपैयाँमा झरेको छ । दोस्रोमा युनियन हाइड्रोपावर र तेस्रोमा जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य धेरै भट्यो । युनियनको २२ रुपैयाँले घटेर ३७६ रुपैयाँमा झर्दा जोशीको १९ रुपैयाँले घटेर ३२७ रुपैयाँमा झरेको छ ।

बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य अत्यधिक बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य बुधबार सर्किट लेभलमा कारोबार भएको छ । यसबाहेक मध्ये भोटेकोशी जलविद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रो, सामलिङ पावर कम्पनी लगायतका कम्पनीहरुको पनि शेयर मूल्य बढेको छ ।