सदस्य भगवती न्यौपानेलाई संघीय बनाइँदै, आजै नियुक्त गर्ने तयारी

मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

काठमाडौं। नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइने भएको छ ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसारलाई, उनलाई आजै नियुक्त गर्ने तयारी गरिएको छ ।

न्यौपाने अहिले राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।