पेट्रोल र डिजेलको मूल्य घट्यो, नयाँ भाउ कति ?
मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटाइएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँमा बिक्री भइरहेकोमा अब १६० रुपैयाँमा झरेको छ ।
डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँबाट घटेर १४८ रुपैयाँ कायम भएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट ३१ असारमा प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको हो । निगमले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नियमित समायोजन गर्ने नीतिअनुसार यो निर्णय गरिएको बताएको छ ।
तपाईको प्रतिक्रिया