Close This

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो

बिहीबार पौष २९, २०७८/ Thursday 01-13-22
Paschim Today

काठमाडौँ,२९पुस । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।