धनगढीमा लागुऔषधसहित दुईजना पक्राउ

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

धनगढी, ३० पुस । धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोशाकमा खटीएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ बाट उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय सन्त शाह र २७ वर्षीय वसन्त ओली रहेका छन् ।

उनीहरुको साथबाट १ ग्राम ६०० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।