Close This

धनगढीमा साथीमार्टको चौथो शाखा भोलिबाट सञ्चालनमा आउने

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

धनगढी,३० पुस । सुदूरपश्चिम प्रदेशको धनगढीमा साथीमार्टको चौथो शाखा भोलिबाट सञ्चालनमा आउने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा चौथो शाखाको रूपमा सञ्चालनमा आउन लागेको शाखाका प्रमुख प्रकाश शाहले जानकारी दिए ।

डेढ करोडको लगानीमा साथी मार्टको चौथो शाखाका रूपमा  सञ्चालनमा आउन लागेको आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो ।

सो क्षेत्रका सेवाग्राहीलाई मध्यनजर गर्दै सो मार्टको शाखा विस्तार गर्न लागेको जनाएको छ । सो शाखाको शनिवार प्रदेशका वन तथा वातावरण मन्त्री मान बहादुर धामीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । देशभर मार्टका ९० वटा शाखा सञ्चालनमा रहेका छन् ।

सुदूरपश्चिममा हाल धनगढीको उतरबेहडी,मिलन चोक र पहाडी जिल्ला दार्चुलाको एक स्थानबाट सेवा दिइरहेको छ । भान्सामा चाहिने सम्पूर्ण सामान एकै छानामुनि रहेको बताउँदै सञ्चालक शाहले एक पटक सेवाको मौका लिन समेत आग्रह गरेका छन् ।

अबको एक वर्ष भित्र करिब दुई सय शाखा विस्तार गर्ने योजना रहेको मार्टले जनाएको छ । जसमध्ये सुदूरपश्चिममा २५ स्थानमा शाखा सञ्चालनको तयारी थालिएको समेत शाहले जानकारी दिए।  

 

धनगढीमा साथीमार्टको चौथो शाखा शनिवारबाट सञ्चालनमा आउने https://paschimtoday.com/news-details/50269/2022-01-14

Posted by Paschim Today on Friday, January 14, 2022