सुदूरपश्चिममा थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,३० पुस । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ७३ जनाको पीसीआरमार्फत र ३१० जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
आज दुई हजार ३१ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका ३८३ जनामध्ये भारतबाट स्वदेश फर्केका २६७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १८०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८६, झुलाघाट नाकाबाट फर्केका १ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बिहीवार ३१८ जनामा सङ्क्रमण पुष्टि धएको थियो । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।
विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा संक्रमण उच्च हुने खतरा बढेको छ । प्रदेशको चार वटा नाकाबाट दैनिक फर्किरहेकामध्ये कैयौं व्यक्ति परीक्षण नगराइ घरतर्फ गइरहेकाले सङ्क्रमण समुदायमा फैलिने खतरा बढेको हो ।
तपाईको प्रतिक्रिया