Close This

 सरस्वती पूजा र यसको महत्व 

आइतबार माघ २३, २०७८/ Sunday 02-06-22
पवनकुमार भट्ट

सरस्वती माया दृष्टा बिणा पुस्तकधारणी ।
हँस बाहनी समायुक्ता बिद्या दान करोतुमे ।। 

प्रत्येक बर्ष माघ शुक्ल पञ्चमीका दिनमा सरस्वती पूजा बडो हर्ष उल्लास र धुमधामसंग गर्ने गरिन्छ । यस दिनलाई सरस्वती जयन्ती,बसन्त पञ्चमी अर्थात श्रीपञ्चमी जस्ता छुट्टाछुट्टै नामले पनि पुकारिन्छ । बसन्त पञ्चमीको दिनलाई सबै बर्ग तह, तप्कार पेशाका मानिसले बिद्याकी देबी सरस्वतीलाई आभार प्रकट गर्ने र सरस्वतीको पूजा गर्ने दिनका रुपमालिईन्छ । यसै दिनदेखि बसन्ता गमन समेत हुने भएकाले माघ शुक्लपञ्चमीलाई दुई अलगअलग पर्बका रुपमामनाईन्छ । एउटा सरस्वती पूजा अर्थात सरस्वती जयन्ती हो भने अर्को बसन्तपञ्चमी हो । 
यस पर्बकाबारेमा रामायण, महाभारत, गीता र ऋगबेदमा समेत चर्चा गरिएको पाईन्छ । बसन्ता गमनले सम्पूर्ण प्रकृतिमा नया पालुवाको प्रादुभावका साथै शीतल, सुगन्धित बायु एबं कोईलीको मीठो स्वरले सम्पूर्ण जनमानसमा नयाँ जोश र उमंगको सृजना गराउछ । यस्ले किशोर किशोरीहरुमा समेत नयाँ स्फूरण पैदा गराउदछ । यसैले बसन्तको आगमनलाई  हर्षोल्लासको रुपमा मनाउने गरिन्छ । बसन्तपञ्चमीकै दिन बिद्याकी देबी सरस्वतीको पूजाआराधना गरिन्छ ।  सरस्वती ब्रह्माकी छोरी हुन तर स्वयं ब्रह्माले पनि सरस्वतीको स्मृति गरेको कुरा नेपाल महात्म्यमा उल्लेख छ । बैदिक साहित्यमा सरस्वतीलाई नदि वा जलदेबीका रुपमा बर्णन गरिएको छ भने पुराण अनुसार भगवान शंकरकी छोरी, गणेशकी दिदी तथा ब्रह्माकी पत्नी र बिष्णुकी शक्तिका रुपमा सरस्वतीको महिमाका बारेमाउल्लेख गरिएको छ । बौद्ध धर्ममा सरस्वतीलाई मञ्जुश्रीकी पत्नीका रुपमा बर्णन गरिएको छ । तर जस्ले जहा जे उल्लेख गरे पनि बर्तमान समयमा सरस्वतीलाई ज्ञानोपार्जनको मुहानको रुपमा लिईन्छ । 
सरस्वतीको स्वरुपको बारे बिभिन्न किसिमले बर्णन गरिएको छ । जस अनुरुप कमलासनमा बिराजमान भएकी, सेतोबस्त्रधारण गरेकी, चार हात भएकी, दाहिने हातमा अक्षमाला बाँया हातमा  बीणा धारण गरेकी हाँसमा चढेकी सरस्वतीले हामी सबैको अज्ञानतालाई नष्ट गरी  ज्ञान तर्फ अग्रसर गरुन । बिद्याकी देबीले धारण गरेको हरेक बस्तु कुनै न कुनै कुराको प्रतिक मानिन्छ । सरस्वतीको सेतो बर्णले स्वच्छ निर्मलताको संकेत गर्दछ भने उन्को हातको बिणाले मधुरता र सहन शक्तिको संकेत गर्दछ । सरस्वतीको हातमा रहेको पुस्तक ज्ञान, बिज्ञान र बिद्याको प्रतिक हो भने दायाँ हातको माला गणितको प्रतिक मानिन्छ । सेतो हाँस सरस्वतीको बाहन हो । जस्ले सही र गलतको पहिचान गर्दछ अर्थात सही र गलतलाई दूधको दूध र पानीको पानी सरह छुट्याउने प्रतिकको रुपमा मानिन्छ । सरस्वती कमलमाथि बिराजमान हुन्छिन जस्ले हिलोमा फुलेको भएता पनि बिबिध प्रकारका खराबीहरुको बिचमा स्वच्छता र सुन्दरताको सन्देश दिएकी छन । त्रयशक्ति लक्ष्मी, काली र सरस्वतीमध्ये एक मानिने बिद्याकी देबीको यस दिनबिहानै उठी स्नान गरी उन्को प्रतिकमानिने पुस्तक, कलम, बाद्ययन्त्र आदिमा पूजा अर्चना गर्नाले ज्ञान र कलामा पारंगत भइन्छ भन्ने जनबिश्वास रहेको पाईन्छ ।
यसरी बिद्याकी देबी सरस्वतीले प्रयोग गरेका सम्पूर्ण कुराको आआफ्नै बिशेषता रमहत्व रहेको छ । सरस्वतीको स्वरुप र उन्काप्रिय बस्तुहरुबाटनै ज्ञाँन प्राप्तगर्न सकिन्छ भन्ने बिश्वास राखेर सरस्वतीको मन्दिरको भित्तामा सरस्वतीको नाम लेख्ने चलन रहेको पाईन्छ भने स्मरणशक्ति बलियो पार्न सरस्वतीलाई हातले छोएर आफ्नो छाती वा  टाउकोमा छुवाउने चलन छ । सरस्वतीको पूजामा प्रयोग भएका अक्षता (चामल) खानाले बिद्यार्थीको बिद्याशाक्ति बढने बिश्वास समेत जनमानसमा रहेको पाईन्छ । हिजोका दिनमा र आजका दिनमा पनि सरस्वती पूजाको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन रहेको पाईन्छ भने उक्तदिन्नै बालबालिकाको नाककान छेडने तथाकपाल काटने र अन्नप्रासन गराउने चलनपनि रहि आएको पाईन्छ । कतिपय स्कूलहरुले भने सरस्वती पूजाको अवसरमा निशुल्क भर्ना भनिएक हप्ता पहिले देखिनै प्रचारसमेत गर्ने गरेको पाईन्छ ।
करुणाकी खानी शक्ति स्वरुपा  सरस्वतीलाई बिभिन्न ठाउमा भिन्नभिन्न नामले चिनिन्छ । ठाउँ ठाउँमा सरस्वतीको पूजागर्ने बिधि र नाम फरक भएपनि सरस्वतीको रुप तथा स्वरुपभने एउटै छ । एउटै शब्दश्री को अर्थलक्ष्मी र सरस्वतीदुबै हुन्छ । पुराणमा माघ शुक्ल पञ्चमीको दिन देखि ६ बर्षसम्म प्रत्येक महिनाको पञ्चमीको बर्त बस्ने महिलाको ऐश्वर्य जीवन, पुत्रपौत्रादी र धनधान्यले भरिपूर्ण हुन्छिन भनेर लक्ष्मीजीले नारद ऋिषिलाई आज्ञा भएका कुरा उल्लेख गरिएको छ । 
बौद्ध धर्मावलम्वीहरुले पनि यस दिनमञ्जुश्री बौद्धउत्सवभनी स्वयम्भू नजिक रहेको सरस्वतीको दर्शन तथा पूजा अर्चना गर्दछन । यस पर्बको बारेमा स्वयम्भू पुराणमा समेत उल्लेख छ । सरस्वती पूजाको दिन जुन ब्यक्तिले मञ्जुश्री को स्तोत्र, जप, पाठ, पूजातन मन श्रद्धा र भक्तिपूर्बक एकाग्र रुपले गर्छ त्यो ब्यक्ति कंगाल भए महाजन, अज्ञानी भए ज्ञानी हुन्छ भन्ने बिश्वास रहि आएको छ । सरस्वतीलाई शुद्ध मन बचन र कर्मले भक्तिभावका साथ पूजा अर्चना गरी ज्ञान बुद्धि बिबेक र बौद्धिकताको कामना गरिन्छ ।
अर्को शब्दमा भन्दा सरस्वती पूजाको अघिल्लो दिन बेलुका मञ्जुश्री ल्हासाको बाटो भएर नेपालप्रबेश गर्ने जनबिश्वास रहेकाकारण राजधानीका बालबालिका र महिलाहरुले सरस्वतीको थकाई मेटाउन भनी सरस्वतीको मुर्तिमा शुद्ध सरस्यौको तेल दलि दिने चलन छ । सरस्वती पूजाकै दिनआ – आफ्ना स सानानानीलाई हिउद भरिको सितलहर, हुस्सु तथाहिउदे झरीको चिसो जाओस भनेर घाममा बसी तेल दलिदिने चलन छ । आम नागरिकमापनि सरस्वती पूजा भएपछि जाडो समयको बिदाई र गर्मीको आगमनका साथ दिनलामा रात छोटा यसै दिनबाट हुन्छन भन्ने बिश्वास सबै कामनमा गडेको पाईन्छ । 
सरस्वती पूजाका दिन हाम्रो देसका बिभिन्न धर्म स्थल, मठमन्दीरहरुमा धुमधामका साथ करुणाकी खानी सरस्वतीको पूजा अर्चना गरिन्छ । सरस्वती पुजाका दिन बर्षा ऋतुमा रोपिएको काक्रोलाई शुद्ध महमामिलाई (मधकाकडी) घर परिवार तथा छिमेकमा बाँड्नाले मृत्यु पर्यन्त समेत बाँड्ने र खानेको बिचमा अर्को जुनिमा भेटघाट हुन्छ भनि बिगतका दिन देखि गाउ समाजमा मधकाकडी बाँड्ने चलनले हाल पनि निरन्तरता पाएको देखिन्छ । बसन्त पञ्चमीको महत्व र महिमा निक्कै ब्यापक छ । यस्को जती ब्याख्या गरेपनि पुग्दैन । यस दिन तराईका धेरै जसो ठाउँमा पैसा सापटी लिने, सापटीको ब्याज बुझाउने, तमसुकलिने दिने कार्यकालागि यस दिनलाई शुभ मानेर ठूल ठूला कार्य गरिन्छ । लोकतान्त्रिक  संघीय गणतन्त्रात्मक नेपालमा यस दिनलाई आधार मानेर  प्रेम प्रस्ताव, प्रेम बिबाह, बैदेशिक रोजगार, अन्नप्रासन, धर्मकर्म, दानदातब्य, तीर्थ स्थल भ्रमण तथा महाकुम्भ स्नान, स सानानानीलाई अक्षर आरम्भ,  बिद्यालयमा भर्ना तथा भवन निर्माण जस्ता कार्यका लागि पनि यस दिनलाई शुभ मानि कामको थालनी गर्ने चलनले प्राथमिकता पाएको देखिन्छ ।
सरस्वतीको पूजागर्दा तन मन बचन र कर्मले चिताएको सम्पूर्ण कुरा पुग्ने र रोग भय डर त्रासबाट समेत मुक्त भईन्छ भन्ने बिश्वास रहेको पाईन्छ । बिद्याकी देबी सत्यकी प्रतिक पनि हुन । कहिल्यै झुटो नबोल्ने, हिंसा नगर्ने,चोरी नगर्ने, सानालाई मायार ठूलालाई आदर गर्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हन्न नगर्ने भनी शिक्षा दिने बसन्त पञ्चमीको आफ्नै पहिचानर महत्व रहेको छ । एकातिर यस्ले मौसममा आएको परिवर्तनलाई संकेत गर्दछ भने अर्कोतिर अध्ययन अध्यापनको महत्व झल्काउछ ।