Close This

जलविद्युत र पर्यटन : अछामको समृद्धिका आधार

शुक्रबार असार २७, २०७६/ Friday 07-12-19
Paschim Today

मेनुका ढुंगाना (अछाम) ।

प्राचिनतम नेपालको ईतिहाससंगै अछामको ईतिहासपनि जोडिएको छ । ऐतिहासिक र सांस्कृति दृष्टिकोणले अत्यन्त महत्वपूर्ण सुदूर पश्चिमको पहाडी जिल्ला अछाम १६८० बर्ग किमीमा फैलिएको छ । २०६८ को जनगणना अनुसार अछामको जनसंख्या २३१२८५ रहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा दुई वटा निर्बाचन क्षेत्र र दुई वटा बिमानस्थल हुने अछाम एक मात्र जिल्ला हो । 
बैद्यनाथ धाम धार्मिक तथा ऐतिहास दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । नेपालको एकिकरणको चर्चा गर्दा बैद्यनाथ मन्दिरको अन्योन्याश्रित सम्बन्ध छ ।

धार्मिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रामारोशन क्षेत्र माओवादी द्धन्दसंग जोडिएर कुनै बेला चर्चामा रह्यो । द्धन्दका समयमा सेल्टर बनेको रामारोशनलाई राजधानी बनाउने चर्चा माओवादी शान्ति प्रकृयामा आएसंगै सेलायो । 
पुरातात्विक हिसावले बिनायक र दर्नाका पञ्च देवलहरु, कुच्चिकोट र घोडासैनमा रहेका अभिलेखहरु ईतिहास अध्ययन गर्नेहरुका लागि जीवित दस्तावेज हुन् । 

नौ मुठे गाई पाईने एक मात्र जिल्ला हो, अछाम ।  मौलिक होलीका लागि पनि अछाम प्रख्यात छ । कुनैपनि अछामले डोटीलाई समेत खाद्यान्न आपूर्ति गथ्र्यो । 

यतिधेरै महत्वपूर्ण अछाम अझै विकास र समृद्धिको पखाईमा छ । अछामको विकास र समृद्धिका आधारहरु तपसिल बमोजिम छन् ।
 
बुढीगंगा जलविद्युत आयोजना  

२० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको निर्माण पूर्वको कार्य तिव्र गति अघि बढेको छ । २०७३ सालमा अध्ययन सम्पन्न गरी २०७६ सालमा निर्माण सम्पन्न गर्ने सम्झौता गर्ने लक्ष्य राखिएको थियो । तीन वर्षको अबधिमा बिकेओल बिल्डर्स काठमाडौंले ८ करोड ६८ लाखको लागतमा आयोजनाको कार्यालय र आवास भवन निर्माण बनाएको छ । आयोजनाका लागि आवश्यक २९९ रोपनी जग्गा अछाम र बाजुरामा जग्गा अधिग्रहण गरिसकिएको छ । 

बाध क्षेत्रको लागि मेल्लेख गाउँपालिका ४ कुस्कोटमा करिब ३८ रोपनी र साँफेबगर नगरपालिका १३ बाब्लामा ३२ रोपनि जग्गा आयोजनाको नाममा भएको छ । डुबान क्षेत्रका लागि कुस्कोटमा नै करिब ११ रोपनी ,बुढीगंगा नगरपालिका १० बाह्रबिस बाजुरामा करीव २२ रोपनी जग्गा अधिग्रहण भएको छ । बाँध स्थलका हात्तिकोटमा करीव ९१ रोपनी र क्याम्प स्थल तथा पहूँच मार्गको लागि घुँघुरकोटमा नै करीव ६५ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

हाल आयोजनास्थलमा पुल निर्माणको लागि ट्रयाक खुल्ने काम सम्पन्न भएको छ । यो आयोजना निर्माण सम्पन्न भएमा अछाम र बाजुराका जनता अन्धकारमा बस्नुपर्ने छैन । यसले अछामको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने छ ।


मध्यपहाडी लोकमार्ग 

देशको समृद्धिको एक आधारको रुपमा हेरिएको र नेपालको मध्य पहाडै पहाड चिरेर निर्माण गरिने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना निर्माणले पछिल्लो समय अछाम खण्डमा गति लिएको छ । आयोजनाको ६० किलोमिटर सडक अछाममा पर्दछ । मध्य पहाडीको अछाममा निर्माण गर्नुपर्ने सडकलाई विभिन्न चारवटा खण्डमा विभाजन गरि काम तिब्रताका साथ भैरहेको छ । चन्द्रा एण्ड बसन्त कन्सट्रक्सनका प्रमुख गणेश चन्दले निर्धारत समयमा निर्माण पुरा गर्ने लक्ष्यका साथ काम भईरहेको बताएका छन् ।

मध्य पहाडी लोकमार्ग पक्की भएमा यसले अछामको विकासमा ठूलो टेवा पुग्नेछ । अछामका उत्पादित वस्तुहरु सहजै बजारसम्म पुग्नेछन । तराईसंगको पहूँच सहज र छोटो हुनेछ । यसले अछाममा आर्थिक गतिबिधि बृद्धिमा समेत योगदान पु¥याउने छ । 

मध्य पहाडी लोकमार्गले पश्चिमको चौखुट्टेदेखि पूर्वको बेलखेत कर्णालीसम्म छोएकाले अछामको आर्थिक विकास हुने आंकलन गरिएको छ । 


सेती लोकमार्ग 

समृद्धिसग जोडिएको बहु प्रतिक्षित सेती लोकमार्गको निर्माणमा निकै सुस्तता देखिएको छ ।  सेती लोकमार्ग निर्माणको चर्चा एक दशकअघि देखि नै चलेको भएपपनि अहिले सम्म अपेक्षा अनुसार कामले गति लिन सकेको छैन । सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन भन्दै सरकारले दक्षिणी खण्डको निर्माणका लागि अछामको सा“फेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ । 

सेती लोक मार्ग कार्यालयको दक्षिणी खण्ड अछामका इञ्जिनियर दुर्गा मण्डलका अनुसार सेती लोकमार्गले अछाम, बाजुरा, डोटी, बझाङ र कैलालीलाई जोड्ने छ । सेती लोकमार्गले अछाममा ८० किलोमिटर स्थान ओगटेको छ । जसमा ५४ किलो मिटर सडकमा ट्रयाक खुलिसकेको छ भने २६ किलोमिटर बाँकी रहेको छ । बाजुरा जिल्लामा पर्ने १२ किलोमिटरमा काम सुरु नै भएको छैन । त्यहा वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ । बझाङ जिल्लामा पर्ने ३८ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ भने डोटीमा पर्ने ४२ किलोमिटरको काम अझै सुरु भएको छैन । त्यहा पनि वातावरणीय प्रभाव मूल्याकंनको काम भइरहेको छ । कैलालीमा पर्ने ७० किलोमिटर मध्ये २८ किलोमिटर सडकमा ट्रयाक खुलेको छ भने ४२ किलोमिटरमा अझै खुल्न सकेको छैन । 

सेती लोकमार्गमा १२२ किलोमिटर सडकमा ट्रयाक खुलेको छैन । १२० किलोमिटरमा भने ट्रयाक खुलिसक्यो ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट अछामको साँफेबगर जोड्ने हालको सडकको लम्बाई करीव २ सय ७० किलोमिटर रहेको छ । सेती लोकमार्ग निर्माण भएपछि सो मार्गको लम्बाई १ सय ३५ किलोमिटरमा झर्नेछ । ‘सेति लोकमार्ग निर्माण भएपछि बिहान कैलाली गएर साँझ अछाममा पुग्न सकिन्छ  । करिब १३५ किलोमिटर दूरी कम हुनेछ । यस क्षेत्रका बासिन्दाहरुको आवतजावतमा समय र खर्च आधा भन्दा कम हुनेछ । सेती लोकमार्ग दक्षिण भारत र उत्तर चीनलाई जोड्ने महत्वपूर्ण कोरिडोरका रुपमा पनि लिईएको छ । सेती लोकमार्ग निर्माण भए नेपालको चार धाम मध्येको एक बैद्यनाथ धाम क्षेत्र, पर्यटन र जडिबुटीको प्रचुर संभावना रामारोशन, पाटनै पाटनको क्षेत्र खप्तडको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । बझाङ, अछाम र बाजुरा जिल्लाको तराईसंगको पहूँच छोटो र सहज हुनेछ । 

कमलबजार विमानस्थल

अछामको कमलबजार नगरपालिकामा पर्ने विमानस्थल तत्कालिन विद्रोही नेकपा माओबादीले आक्रमण गरेपछि परिक्षण उडान समेत भर्न नपाउदै बन्द भयो । २०५८ सालमा तत्कालिन विद्रोही नेकपा माओबादीले आक्रमण गरेर निर्माण सम्पन्न भै सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर भत्काएपछि परिक्षण उडान समेत भर्न नपाउदै विमानस्थल बन्द भएको हो । विमानस्थल सञ्चालनमा नहुँदा यहाँका स्थानीयलाई यात्रामा निकै सास्ती हुने गरेको छ । आफ्नै आगनमा रहेको विमानस्थल सञ्चालनमा नआउदा उनीहरु धुलाम्य सडकमा गाडीको सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।

०६३ सालमा शान्ति सम्झौता भएपछि ध्वस्त विमानस्थल पुनःनिर्माण गर्न पहल भने नभएको होइन । तत्कालिन एमाओवादीको सरकार रहेको बेला पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले सुदूरपश्चिममा रहेका विमानस्थललाई तत्काल सुचारु गर्ने प्रतिबद्धता जनाए । तर बिमानस्थल सञ्चालनमा आउन सकेन । द्वन्द्वको क्रममा तत्कालीन माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्णरूपमा ध्वस्त बनाएको थियो । तत्कालिन मन्त्री विष्ट मगरले अछामको कमलबजारको विमानस्थलको उद्धघाटन गर्दै जसरी पनि नियमित जहाज कमलबजारबाट उडाएरै छोड्ने प्रतिबद्धता जनाएका थिए । शान्ति प्रक्रियामा आएको १३ वर्ष बितिसक्दा पनि विमानस्थलमा सञ्चालन आउन सकेका छैन । तीन दिन लामो सडक यातायात भएर काठमाण्डौं जान बाध्य यस क्षेत्रका बासिन्दाहरु हवाई यातायात सञ्चालन भए एक घण्टामै काठमाण्डौं पुग्नेछन् ।
कमल बजार बिमानस्थल सञ्चालन आएका अछामको पूर्वी भेगको विकास र समृद्धिमा ठूलो टेवा पुग्नेछ ।


साँफेबगर विमानस्थल 
१३ वर्ष बन्द रहेको अछामको साँफेबगर विमानस्थल हालै सञ्चालनमा आएको छ । विमानस्थल सञ्चालनमा आएयता नेपाल वायु सेवा निगमको विमानले साँफेबगर बिमानस्थलमा उडान भरिरहेको छ ।
बिमानस्थल सञ्चालनमा नआउदा अछामका बासिन्दा सडक यातायातको जोखिम तथा कष्टकर यात्रा गर्न बाध्य थिए । पर्यटनको विकास होस वा आर्थिक विकासका लागि हवाई यातायातको महत्वपूर्ण योगदान रहन्छ । 
सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछि साँफेबगर विमानस्थललाई सहज मानिन्छ । साँफेबगरबाट हवाइ जहाज चलेपछि अछाम, बाजुरा र डोटी जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेछन् । हवाई सेवा सुरु भएपछि यहाँका बिरामीलाई तत्काल उपचारका लागि सुबिधा सम्पन्न तराईका अस्पतालमा लैजाने सहज भएको छ । हवाइ सेवा नियमित भएपछि यस खप्तड, रामारोशन र बडिमालिका लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ । 

अछाम दरबार 

अछाम दरवार अछाम जिल्लाको ऐतिहासिक चिनारी थियो । २०५८ सालमा माओवादी आक्रमणमा ध्वस्त भएपछि पुनर्निर्माण थालिएको १३ वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन ।
अछामको दरवारको पुनर्निर्माणले ध्वस्त भएको ऐतिहासिक संरचनाले पुनर्जीवन मात्र पाउने छैन । यो पर्यकटीय गन्तव्यको आकर्षण केन्द्र पनि हुनेछ ।
यो दरवार कलात्मक मात्र थिएन । यसको निर्माणमा प्रयोग गरिएको सामग्रीका कारण पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण थियो ।

रामारोशन 

अछाममा दर्जनौ पर्यटकीय आकर्षणका केन्द्र छन् । रामारोशन,सुरइकोट, जिम्राडी, बैद्यनाथ धाम, तितौरा लगायतका क्षेत्र यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । जसमध्ये सुदूरपश्चिमको अत्यन्त महत्वपूर्ण पर्यटकीय क्षेत्र रामारोशनलाई  प्राथमिकतामा राखेर पर्यटन प्रबद्र्धनका लागि कार्यहरु गर्न आवश्यक छ ।

१२ बण्ड, १८ खण्डका नामले चिनिने रामारोशनमा १२ वटा ताल र १८ वटा ठूला समथर फाँट छन् । प्राकृतिक दृिष्टकोणले अत्यन्तै रमणीय यो ठाउँमा १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । १२ वटा तालमा जिंगाले सबैभन्दा ठूलो ताल हो । जसको आकार अंग्रेजी अक्षर सी जस्तो छ । जुन बाटुले ताल भन्दा केही माथि छ । ताउने यहाँको सानो ताल हो ।

संरक्षणका अभावमा यो ताल पुरिने अवस्थामा छ । जिंगाले ताल भन्दा माथि पनि धेरै तालहरु छन् । यो तालको केही दूरीमा ठूला समथर फाँट छन । जुन अठार खण्डका नामले प्रख्यात छन् । जसमध्ये किनेमिने ठुलो फाँट हो । जसको  मध्य भाग भएर भएर कैलाश खोला बग्छ । यसको क्षेत्रफल ५२ बिगाह छ । यो सम्भवत अछामकै ठुलो समथर फाँट हो । त्यसको केही पर रोशन फाँट छ ।

रामारोशन क्षेत्रको जैविक बिबिधता, रमणीयता, सौन्दर्यताको प्रचार प्रसार हुन पर्यटकीय आकर्षणको केन्द्र बन्ने निश्चित छ ।
सडक सञ्जालसंग जोडिएका कारण पनि रामारोशनमा सहजै जो सुकै व्यक्ति पुग्न सक्छन् । सडक सञ्जालसंग जोडिएको यस्तो प्राकृतिक सुन्दरता बोकेको अर्को गन्तव्य सुदूर पश्चिमका पहाडी जिल्लामा छैन ।

बैद्यनाथ धाम 

बैद्यनाथ नेपालका चार धाम मध्ये एक हो । कैलाश पर्वतमा कठोर आराधना गर्दा पनि शिवको दर्शन नपाउदा रावणले हिमालयको दक्षिण मा रहेको (वृद्धगंगा÷ बुढी गंगा) र सरस्वतीको संगम (जसलाई स्कन्दपुराणको मानस खण्डको पृष्ठ ६०३ मा देवता र सिद्धहरूले सेवा गरेको क्षेत्रका रुपमा व्याख्या गरिएको छ) बैद्यनाथमा तपस्या गरी शिवको दर्शन र बरदान पाएको तथा रावणका काटिएका नौ वटै टाउकालाई शिवले बैद्यले झैं पहिलेकै जस्तै जोडी दिएकोले यो क्षेत्रको नाम बैद्यनाथ रहन गएको धार्मिक किंबदन्ती छ । बैद्यनाथको दर्शन र पूजा गरेमा चिताएको पुग्ने र मोक्ष प्राप्ति हुने विशवास गरिन्छ । शिवरात्रीमा यहाँ लाग्ने मेलामा भारतबाट समेत दर्शनार्थीहरू आउछन् । बैद्यनाथ मन्दिरमा नेपाल एकिकरणताकाका हातहतियार समेत रहेकोले यसलाई ऐतिहासिकतासंग समेत जोड्ने गरिन्छ । 

अछाममा एकिकरणका लागि आएका गोर्खाली फौजका आँखा बैद्यनाथ क्षेत्रमा पुगेपछि फुटेको र पछि बैद्यनाथ मन्दिरमा सबै हतियार बुझाएर फौज भागेपछि उनीहरूका आँखा पहिलेको जस्तै भएको किंबदन्ती छ । 
अछामको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत सदुपयोग आवश्यक छ । बिमानस्थलको सञ्चालनले यहाँ आर्थिक चहलपहल हुनेछ । बैद्यनाथ धाम, रामारोशन लगायतका पर्यटकीय तथा धार्मिक महत्वका क्षेत्रहरुको प्रचार प्रसार हुन सके, बाह्य पर्यटकहरु भित्रिनेछन् । 

कर्णाली नदी  : जलविद्युत र ¥याफ्टिङ

कर्णाली नदीको बहुपयोग हुन सके अछाम जिल्लाको विकास र समृद्धिका लागि धेरै समय कुर्नुपर्ने छैन । 
कर्णालीमा जलविद्युतका ठूला आयोजना निर्माण हुन सके त्यसले अछामको मात्र विकास हुने छैन । त्यसबाट समग्र देशकै विकास र समृद्धि हुनेछ । लोडसेडिङ अन्त्य र विदेशी मुद्रा पनि आर्जन हुनेछ । 
त्यस बाहेक कर्णाली नदी सहासिक जलयात्राका लागि उपर्युक्त मानिन्छ । ¥याफ्टिङका लागि आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउन सके अछामको पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ । जसले रोजगारी सृजना गर्नेछ । स्थानीय उत्पादनले मूल्य पाउेछ । आर्थिक गतिबिधि बढ्नेछ ।