Close This

अजय देवगनलाई पूर्व मुख्यमन्त्रीको जवाफ : हिन्दी हाम्रो राष्ट्रिय भाषा कहिल्यै थिएन, हुनेछैन

आइतबार बैशाख १८, २०७९/ Sunday 05-01-22
Paschim Today

कन्नड अभिनेता किच्चा सुदीपले हिन्दी भाषाबारे दिएको बयान अहिले ठूलो विवादमा परिणत भएको छ । उनले हिन्दी अब राष्ट्रिय भाषा नरहेको र बलिउडले प्यान इन्डिया फिल्म बनाउँदै आएको बताए । यसपछि अभिनेता अजय देवगनले किचा सुदीपको भनाइको जवाफ दिँदै हिन्दी भाषा राष्ट्रभाषा थियो, छ र रहिरहने बताएका थिए । अब यो विवादमा कर्नाटकका पूर्व मुख्यमन्त्री एचडी कुमारस्वामी पनि आएका छन् । कुमारस्वामीले ट्वीट गर्दै अजय देवगनको व्यवहारलाई हास्यास्पद भनेका छन् ।

उनले अजयलाई आफ्नो पहिलो फिल्मको पनि याद दिलाएका छन् । उनीसँगै कर्नाटकका विपक्षी नेता सिद्धरामैयाले पनि अजयको भनाइप्रति प्रतिक्रिया दिएका छन् । एचडी कुमारस्वामीले एक सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘अजय देवगनले कन्नड सिनेमाले हिन्दी फिल्म उद्योगलाई पिटिरहेको छ भन्ने महसुस गर्नुपर्छ। कन्नड जनताको प्रोत्साहनका कारण हिन्दी फिल्म उद्योगको विकास भएको हो । देवगनले यो पनि बिर्सनु हुँदैन कि उनको पहिलो फिल्म फूल और कान्टे बेंगलुरुमा एक वर्ष चलेको थियो। यसै क्रममा उनले अर्को पोस्टमा लेखेका छन्, ‘अभिनेता किचा सुदीपको हिन्दी राष्ट्रिय भाषा नभएको भनाइ बिलकुल सही छ । उनको भनाइमा गल्ती खोज्ने कुरा छैन । अजय देवगन हाइपर स्वभावका मात्रै नभएर आफ्नो हास्यास्पद व्यवहार पनि गरिरहन्छन् ।

कर्नाटकका पूर्व मुख्यमन्त्री र विपक्षी नेता सिद्धरामैयाले अजय देवगनको पोस्टमा भनेका छन्, 'हिन्दी हाम्रो राष्ट्रिय भाषा कहिल्यै थिएन र हुनेछैन। हाम्रो देशको भाषाको विविधतालाई सम्मान गर्नु प्रत्येक भारतीयको कर्तव्य हो। प्रत्येक भाषाको आफ्नै समृद्ध इतिहास हुन्छ, जसमा मानिसहरू गर्व गर्छन्। मलाई कन्नड हुनुमा गर्व छ।यस विवादमा फिल्म निर्माता रामगोपाल वर्माले भने- 'किच्चा सुदीप सर, यो सत्यलाई नकार्न सकिँदैन कि उत्तरी ताराहरू दक्षिणका ताराहरूको अगाडि असुरक्षित र ईर्ष्यालु महसुस गर्छन्, किनभने कन्नड डबिङ फिल्म KGF2 ले आफ्नो पहिलो दिन ५० करोड कमाएको थियो । हामी पक्कै पनि आगामी हिन्दी फिल्महरूको पहिलो दिनको व्यापार देख्नेनैछौँ।