Close This

स्थानीय तह निर्वाचन : मौन अवधि सुरु, के–के गर्न पाइँदैन

बुधबार बैशाख २८, २०७९/ Wednesday 05-11-22
Paschim Today

काठमाडौँ,२८ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ ।

मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले मतदातालाई प्रभावित पार्ने कुनै गतिविधि गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।

मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न/गराउन नपाइने आयोगले जनाएको छ ।

No description available.