Close This

७७ केन्द्रमा मतदान स्थगित

शनिबार बैशाख ३१, २०७९/ Saturday 05-14-22
Paschim Today

काठमाडौं,३१ वैशाख । शुक्रबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो ।

स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ । आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन ।

गएराति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको पनि आयोगले जनाएको छ । विभिन्न स्थानमा मतगणना सुरु भएका छन् । भने मतपरिणाम पनि सार्वजनिक हुन थालेका छन् ।