सार्वजनिक र निजी सम्पत्ति तोडफोड गर्नेलाई कारबाही गर्न अनेरास्ववियु कैलालीको माग , पुनर्निर्माण अभियानमा खट्ने

कैलाली , नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियुले जेनजी आन्दोलनको क्रममा राष्ट्रको सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति र व्यावसायिकहरूका व्यवसाय ध्वस्त बनाउनेहरूलाई कारबाहीको माग गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियु कैलालीले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको छानबिन गर्दै सार्वजनिक र निजी सम्पत्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गरेको हो ।
‘आन्दोलनमा घुसपैठ गरी अराजक गतिविधि गर्ने राष्ट्रको सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति र व्यावसायिकहरूका व्यवसाय ध्वस्त बनाउने अपराधीहरूलाई नेपालको कानुन बमोजिम कारबाही गरिनु पर्छ’ अध्यक्ष कुबेर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अध्यक्ष खड्कासहितका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी लम्साललाई ज्ञापन पत्र बुझाउँदै आगजनी भएर ध्वस्त भएका सार्वजनिक सम्पत्ति पुनर्निर्माण अभियानमा स्वयंसेवक भएर जिम्मेवारी निभाउन तयार रहेको समेत बताएका थिए ।
अनेरास्ववियुको विज्ञप्ति बुझ्दै प्रमुख जिल्ला अधिकारी लम्सालले सार्वजनिक र निजी सम्पत्ति तोडफोड गर्नेलाई कारबाही गर्ने बताएका थिए ।
तपाईको प्रतिक्रिया