Close This

कैलारी गाउँपालिकामा राप्रपाको सुरुवाती अग्रता

शनिबार बैशाख ३१, २०७९/ Saturday 05-14-22
Paschim Today

धनगढी, ३१ वैशाख । कैलालीको कैलारी गाउँपालिकामा राप्रपाले सुरुवाती अग्रता बनाएको छ । थारु बहुल सो गाउँपालिकाको वडा नम्बर १ को २०० मत गणना गर्दा अध्यक्षमा राप्रका उम्मेदवार होमबहादुर गुरुङले ७०, नेपाली काङ्ग्रेसका राजसमझ चौधरीले ६०, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ४२ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले नौ मत प्राप्त गरेका छन् ।