Close This

दार्चुलाको मालिकार्जुन–१ मा नेकपा एमालेको प्यानल नै विजयी

शनिबार बैशाख ३१, २०७९/ Saturday 05-14-22
Paschim Today

दार्चुला,३१ वैशाख ।दार्चुलाको मालिकार्जुन गाउँपालिकामा–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

नेकपा एमालेका रमेश बोहरा २ सय ९१ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन्। बोहराका प्रतिद्वन्द्वी काँग्रेसका गौर सिहँ बोहराले १ सय ३६ मत ल्याएका थिए ।

स्वत्रन्तबाट दुर्गा चैसिरले १ सय ४८मत मात्रै ल्याएका थिए  । ४ जना वडा सदस्य पनि एमालेकै निर्वाचित भएका छन्। सो वडामा जम्मा ६ सय ३७ मत खसेको थियो ।