सुदूरपश्चिममा ३७ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा काँग्रेस अगाडी

सोमबार जेठ २, २०७९/ Monday 05-16-22
Paschim Today

धनगढी,२ जेठ ।  गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३६ वटाको मतगणना सम्पन्न भएको छ। नौं जिल्लाका ३७ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। जसमा नेपाली काँग्रेसले १६ पालिका जितेको छ भने नेकपा एमालले १३ र नेपाल माओवादी केन्द्रले ८ पालिकामा जित निकालेको छ । 
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :-

-डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थी
-डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की
-अछाम ढाकरी गाउँपालिका–प्रकाशबहादुर साउद
-अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल
-अछामको  बान्नीगढीमा – टेक बहादु साँउद
-अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
-अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद
-बझाङको मष्टा गाउँपालिका –   ज्ञानबहादुर बोहरा
-डोटीको आर्दश गाउँपालिका–गणेशबहादुर खड्का
-डोटी सायल गाउँपालिका –  धर्मराज जोशी
-डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
-डोटीको पूर्वीचौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय
-बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
-बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी
-बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया
-कञ्चनपुरको बेलडाँडी गाँउपालिका–  हरिशचन्द्र राना

नेकपा एमाले विजयी भएका पालिकाहरू:-

-कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी
-कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
-बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया 
-बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा   
-बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
-दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर 
-दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
-दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल
-दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी
-दार्चुलाको दुहु गाँउपालिका –नरेन्द्र बहादुर बडाल
-बैतडीको पन्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
-बैतडीको सुर्नया गाउँपलिका  अम्मर कुँवर
-डोटीको जोरायल गाउँपालिका – दुर्गादत्त ओझा

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू :-
-दार्चुलाको नौगाड गाउँपालिका –दलजीत सिंह धामी
-दार्चुलाको मार्मा गाउँपालिका –  जमनसिंह धामी
-दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर
-दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी
-डोटीको बोकटान फुड्सिल गाउँपालिका –कमलबहादुर गड्सिला
-डडेल्धुरा आलिताल गाउँपालिका –  शेरसिंह पार्की
-डडेल्धुराको अजयमेरु गाँउपालिका – उमेशप्रसाद भट्ट
-बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा विजयी