Close This

टाटाले जडान गर्‍यो १०८ स्थानमा विद्युतीय गाडी चार्जिङ स्टेसन

बिहीबार जेठ २६, २०७९/ Thursday 06-09-22
Paschim Today

काठमाडौँ,२६ जेठ । टाटा मोटर्सले विद्युतीय गाडी प्रवर्द्धन गर्न देशभर चार्जिङ स्टेसन विस्तारलाई तीव्रता दिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालसम्म देशभर १०० भन्दा बढी स्थानमा चार्जिङ सेन्टर जडान भइसकेको जनाएको छ ।कम्पनीका अनुसार १६ स्थानमा डीसी फास्ट चार्जिङ स्टेसन र ९२ स्थानमा एसी चार्जिङ स्टेसन जडान भइसकेको छ ।

असारसम्ममा १०० भन्दा बढी स्थानमा एसी चार्जिङ स्टेसन जडान गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।डीसी चार्जिङ स्टेसन बागमती प्रदेशका ६ स्थानमा जडान भएको कम्पनीले जनाएको छ । बागमती प्रदेश अन्तर्गत ललितपुर, चुम्लिङटार, हेटौंडा, मुलकोट, भरतपुर र धादिङमा डीसी चार्जिङ स्टेसन जडान भएका छन् ।

यसैगरी मधेश प्रदेशमा लहान, सिमरा र ढल्केबरमा, प्रदेश १ मा इटहरी र विर्तामोडमा, लुम्बिनीमा भैरहवा, भालुवाङ र नेपालगञ्जमा चार्जिङ स्टेसन जडान भएका छन् । यस्तै गण्डकीको पोखरा र सुदूरपश्चिम प्रदेशको धनगढीमा डीसी चार्जिङ स्टेसन जडान भएका छन ।