Close This

सरकारले कक्षा ११-१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छाप्ने

मंगलबार जेठ ३१, २०७९/ Tuesday 06-14-22
Paschim Today

काठमाडौँ,३१ जेठ । सरकारले कक्षा ११-१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छाप्ने भएको छ ।  मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरूले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ११-१२ को किताब साझाबाट छाप्ने तयारी भएको बताएका हुन् ।

पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भए पनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशन मार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको उनले बताए ।