Close This

सुदूरपश्चिमका यी निर्माण कम्पनीहरु परे कालो सूचीमा

आइतबार असार ५, २०७९/ Sunday 06-19-22
Paschim Today

धनगढी,५ असार । तोकिएको समयमा काम गर्न नसक्ने सुदूरपश्चिम प्रदेशका तीन निर्माण कम्पनी कारबाही स्वरुप कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले तदारुकताका साथ काम नगर्ने ती निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुमा कञ्चनपुरको महाकाली गौरव बिल्डर्स प्रालि, बझाङको न्यू कालिका निर्माण सेवा, डोटीको भूमिराज रोशन निर्माण सेवा रहेका छन् । निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिदको काम कारबाही गर्न नपाउने व्यवस्था रहेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको जानकारी दिएको छ ।