Close This

पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि,१० निको

सोमबार असार ६, २०७९/ Monday 06-20-22
Paschim Today

काठमाडौं,६ असार । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ८६२ जनाको पीसीआर परीक्षणमा २० जना र २ हजार ५२ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १२० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ११७ जना होम आइसोलेसनमा रहेका छन्।