Close This

सुदूरपश्चिम सरकारले लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन गरेपछि...

शुक्रबार असार १०, २०७९/ Friday 06-24-22
Paschim Today

धनगढी,१० असार । सुदूरपश्चिम सरकारले बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको हो।

दाङको लमही नगरपालिका – ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुटाइएको देखिएको हो। सिरिग्ङी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुटाइएको प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को वार्षिक विकास कार्यक्रममा देखिएको छ।

यस्तै रजापुर नगरपालिका ७ गिठुवा टोल दाङमा राप्ती नदी नियन्त्रणका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। उक्त योजनाको लागि पनि प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको हो।

असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले प्रदेश सभामा अगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए ।सुदूरपश्चिम प्रदेशमा बजेटको विपक्षमा अहिले सत्ता पक्ष र विपक्ष दुवै एकै ठाउँमा उभिएका छन् । उनीहरूले संयुक्त रूपमा बजेट संशोधन गर्नु पर्ने बताइरहेका छन् ।