Close This

कैलालीमा खोज तथा उद्धारको कृत्रिम अभ्यास (फोटो फिचर)

आइतबार असार १२, २०७९/ Sunday 06-26-22
Paschim Today

धनगढी,१२ असार । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरमा बाढी र आगलागीमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ ।

No description available.

जिल्ला विपद् व्यवस्थापन समिति कैलालीको आयोजनामा बाढी र आगलागीमा आधारित कृत्रिम घटना अभ्यास गरिएको हो । उक्त अभ्यासमा आगलागी र बाढी प्रकोप आएपछि बाँच्ने उपायबारे स्थानीयहरुलाई जानकारी दिइएको थियो ।
 
No description available.
साथै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले आगलागी र बाढी आएपछि बाँच्ने उपाय, नियन्त्रण गर्ने अभ्यास गरिएर देखाएको कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए । 

No description available.

कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ बाढी डुबानको उच्च जोखिममा रहेको र गत बैशाख ११ गते कैलारी–७ विपतपुरमा आगलागी हुँदा ७१ घरधुरी मध्ये ३७ घर पूर्णरुपमा जलेर नष्ट भएको र बाँकी घरमा पनि क्षति पुगेको प्रवक्ता बमले बताए । 

No description available.