Close This

चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपाली पक्राउ

बिहीबार श्रावण १९, २०७९/ Thursday 08-04-22
Paschim Today

काठमाडौं, १९ साउन । चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपालीलाई प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको छ।

ठमेलस्थित आफ्नै फ्लाइटबाट ती व्यक्तिलाई अपहरणकारीले अपहरण गरी गोंगबु पुर्‍याएका थिए। गोंगबुमा बन्धक बनाएर १ करोड फिरौती मागेको कसूरमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता भरत बोहराले जानकारी दिए।

अपहरणमा संलग्नहरूबाट ८ लाख नगद र २७ वटा मोबाइल पनि नियन्त्रणमा लिएको उनले बताए।  बुधबार राति एक चिनियाँ नागरिक ठमेलबाट अपहरणमा परेका थिए। अपहरणमा अन्य व्यक्ति पनि संलग्न रहेकोमा ती व्यक्तिहरूको खोजी भइरहेको जानकारी परिसरले दिएको छ।