Close This

देशभर थप ७६० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु  

बिहीबार श्रावण १९, २०७९/ Thursday 08-04-22
Paschim Today

काठमाडौँ,१९ साउन ।  नेपालमा बिहीबार एकैदिन ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ५ हजार ९२६ जनाको नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।

थप ७६० जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ। २४ घण्टाको अवधिमा ३२४ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६९ पुगेको छ।

No photo description available.