सुदूरपश्चिममा ७७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

शुक्रबार श्रावण २०, २०७९/ Friday 08-05-22
Paschim Today


धनगढी, २० साउन ।सुदूरपश्चिम प्रदेशमा आज ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७१ जनाले परीक्षण गराउँदा सो संख्यामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
एन्टिजेन विधिबाट परीक्षण गरिएका ४९ र पीसीआर विधिबाट परीक्षण गरिएका २८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका २१ जना आजै भारतबाट फर्किएका व्यक्ति रहेका छन् । गौरीफन्टा नाकाबाट फर्केका १०, गड्डाचौकी नाकाबाट फर्केका आठ र झुलाघाट नाकाबाट फर्केका  तीन जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सुदूरपश्चि प्रदेशभरि सक्रिय संक्रमितको संख्या २९३ पुगेको छ । अहिले १० जना संक्रमित अस्पताल भर्ना भएका छन् । जसमध्ये एक जनाको आइसीयुमा उपचार भइरहेको छ । 
आजमात्रै सेती प्रादेशिक अस्पतालमा उपचार कञ्चनपुरका एक संक्रमितको ज्यान गएको छ । केहि महिना संक्रमितको मृत्यु हुनेक्रम रोकिएको थियो । प्रदेशभरि कोरोनाको कारण ज्यान गुमाउनको संख्या ६३४ पुगेको छ ।