कञ्चनपुरको पुनर्वास नगरपालिका साक्षर पालिका घोषणा

शनिबार श्रावण २१, २०७९/ Saturday 08-06-22
Paschim Today

कञ्चनपुर,२१ साउन । कञ्चनपुरको पुनर्वास नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ ।  शनिवार एक कार्यक्रमका बिच ‘शिक्षित नेपाली : साक्षर नेपाल’ भन्ने नारा सहित नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

नगरपालिकाको साक्षरता स्थिति हेर्दा १५ देखि ६० वर्ष उमेरका ४३ हजार ६ सय ७६ जना साक्षर अर्थात् ९५.२५ प्रतिशत साक्षरता रहेको नगरपालिकाका शिक्षा शाखा अधिकृत शिवराज भट्टले जानकारी दिए । साक्षर नगरपालिका घोषणाको मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेरको जनसंख्याको ९५ प्रतिशत जनसङ्ख्या साक्षर हुनुपर्छ ।

सो  नगरपालिकामा साक्षर महिला २० हजार नौ सय ५३ जना र साक्षर पुरुष २२ हजार सात सय २३ जना गरी जम्मा साक्षर जनसङ्ख्या  ४३ हजार छ सय ७६ जना साक्षर जनसङ्ख्या रहेको छ । जस अनुसार साक्षर प्रतिशत ९५.२५ हुन आउँछ ।

पुनर्वासको वार्ड नं. १ मा ९३ प्रतिशत, वार्ड नं. २ मा ९७.३४ प्रतिशत , वार्ड नं. ३ मा ९७.४७ प्रतिशत , वार्ड नं. ४ मा ९३.७४ प्रतिशत , वार्ड नं. ५ मा ९०.८ प्रतिशत , वार्ड नं. ६ मा ९७.०९ प्रतिशत जनसङ्ख्या  साक्षर रहेका छन् ।

त्यसै गरी वार्ड नं. ७ मा ९५.०४ प्रतिशत , वार्ड नं. ८ मा ९५.०८ प्रतिशत , वार्ड नं.९ मा ९६.२९ प्रतिशत , वार्ड नं.१० मा ९७.४९ प्रतिशत र वार्ड नं. ११ मा ९५.१६ प्रतिशत जनसङ्ख्या साक्षर रहेको छ ।  यो नगरपालिका साक्षरता घोषणा गरिएका सँगै कञ्चनपुर जिल्ला साक्षरता जिल्ला घोषणा हुने भएको छ ।  यस अघि बाँकी पालिका साक्षरता जिल्ला घोषणा भइसकेका छन् ।