Close This

चितवन राष्ट्रिय निकुञ्जले स्वर्ण वर्ष मनाउँदै

बुधबार भदौ २९, २०७९/ Wednesday 09-14-22
Paschim Today

चितवन ,२९ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा यही असोज ४ गते ५० औँ वर्षमा प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ ।

विसं २०३० असोज ४ गते विधिवत् रुपमा यो निकुञ्जको स्थापना भएको हो । निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरिनै विविध कार्यक्रमका साथ मनाउँने भएको छ ।

असोज ७ गते औपचारिक कार्यक्रम गरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

महोत्सवमा स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गरिने तिवारीले जानकारी दिए ।