Close This

 भन्सार छलेर ल्याइएको २२ बोरा चिनी बरामद 

बिहीबार भदौ ३०, २०७९/ Thursday 09-15-22
Paschim Today

धनगढी,३० भदौ । कैलाली प्रहरीले  भन्सार छलेर ल्याइएको २२ बोरा चिनी बरामद गरेको छ ।   बुधबार राति ९ बजे धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट उक्त चिनी र ३ पेटी चक्लेट बरामद गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त सामान सोही ठाउँ बस्ने  ४९ वर्षीय भानबहादुर ठकुल्लाले सु.प.प्र.०१–००१स ४९३१ नम्बरको अटोमा ल्याइरहेको अवस्थमा फेला परेको प्रहरीले जानकारी दिएको छ।

उक्त अटो, अटो चालक र बरामद भएको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।