Close This

उत्तर प्रदेशमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु

शुक्रबार भदौ ३१, २०७९/ Friday 09-16-22
Paschim Today

भारत उत्तर प्रदेशको लखनउमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण मक्किएर कमजोर बनेको पर्खाल भत्किएको र त्यसले थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उत्तर प्रदेशको दिलकुशा क्षेत्रमा भएको घटनापछि उद्धार जारी छ। मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेका छन्।

समाचार संस्था पीटीआईका अनुसार भारतका उत्तरी क्षेत्रमा विगत केही दिनदेखि लगातार वर्षा भइरहेको छ।भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा सेप्टेम्बर १५ देखि १७ सम्म भारी वर्षा हुने जनाएको छ।