Close This

दार्चुलामा जीप दुर्घटना हुँदा एकको  मृत्यु 

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

दार्चुला,६ असोज। दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको मार्मा गाउँपालिका लटिनाथबाट अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ तिम्ला जाँदै गरेको म १ ज २३३ नम्बरको बोलेरो जीप करिब ८:३० बजे तिर दुर्घटना परेको हो ।  

जीप दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका–६ का १८ वर्षीय दिनेश सिंह धामीको मृत्यु भएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए ।

जीपमा सवार ९ जना रहेको बुझिएको छ । ९ मध्ये ८ जनाले हाम फालेर ज्यान जोगाएका छन् भने एक जनाको घट्ना स्थलमै मृत्यु भएको छ । जीप सडकबाट लगभग २ सय मिटर तल खसेको छ ।