Close This

ज्यान मुद्दाका फरार आरोपी बर्दियाबाट पक्राउ

सोमबार असोज १०, २०७९/ Monday 09-26-22
Paschim Today

बर्दिया, १० असोज । ज्यानसम्बन्धी कसुरमा फरार आरोपीलाई प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका–४ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गेरुवा घर भएका ३६ वर्षीय टिकाराम शुढाक्षेत्री उर्फ श्याम बिसी छन् । २०७२ साउन १६ मा उनले गेरुवा गाउँपालिका–४ बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रहार गरे हत्या गरेको आरोप छ । हत्यापछि फरार बुढाक्षेत्रीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

असोज ८ मा पक्रेर आरोपी विरुद्ध बर्दिया जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिप्रका बर्दियाका डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।