Close This

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

शनिबार असोज १५, २०७९/ Saturday 10-01-22
Paschim Today

धनगढी,१५ असोज । लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आज धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा हराउँदै उपाधि जितेको हो ।

लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ ले हराएको हो । यसअघि निर्धारित समय दुवै टोलीले १–१ को बराबरी खेलेका थिए  । दुवै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो  ।

उपाधिसँगै लुम्बिनी प्रदेशले नगद नगद ५ लाख, सहित ट्रफी मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले नगद ३ लाख सहित ट्रफी मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका फागुराम चौधरी भए ।

उनले नगद २० हजार पाए । यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारु, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए । उनीहरुले जनही दश दश हजार पाए । 
पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भएको थियो ।