Close This

विजयादशमीको अघिल्लो दिन यस्तो देखियो धनगढी 

मंगलबार असोज १८, २०७९/ Tuesday 10-04-22
Paschim Today

धनगढी,१८ असोज । नेपालीहरूको महान् पर्व बडा दसैँको अघिल्लो दिन धनगढीका मुख्य बजारहरू सुनसान बनेका छन् ।दसैँ मनाउन आम सर्वसाधारण गाउँ फर्किएपछि सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सुनसान बनेको हो । धनगढी छाडेर हजारौँ नागरिक गाउँ फर्किएपछि सहर सुनसान देखिएको हो।

No description available.

ट्राफिक जाम हुने धनगढीको मुख्य सडक र ६ लेन सडक अहिले सुनसान छन्। सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने बजार प्रायः बन्द छ।

No description available.

भोलि असोज १९ गते दसैँको मुख्य दिन विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

No description available.

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको  टीकाको साइत ११ः५१ बजे उत्तम रहेको छ ।

No description available.

त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ।

No description available.

No description available.