Close This

सम्पादकीय : विजया दशमीको शुभकामना

बुधबार असोज १९, २०७९/ Wednesday 10-05-22
Paschim Today

हिन्दु नेपालीहरूको महान् चाँडको मुख्य दिन आज विजया दशमी  । आज देशभर हर्षोल्लास साथ दसैँ मनाउँदै छन् । कामको र पढाइको सिलसिलामा देश बाहिर र देशका विभिन्न ठाउँमा गएका आफन्तहरू आ आफ्ना घर फर्किसकेका छन् ।घरघरमा  राखिएको जमरा लगाउने, आफन्त सँग जमघट गर्ने, ठुला बडाहरुको हातबाट टिका जमरा थाप्ने , आर्शिबाद लिने , अनि आफ्ना दुःख पिडा बिर्सेर हर्षोल्लासका साथ मनाइने पर्व हो दसैँ । आज मनाइने हाम्रो महान् चाँड विजया दशमीको टिकाको साइत बिहान ११:५१ मिनेटमा रहेको छ । यो समयमा हामीले आफ्ना आफन्तजन , ठुलाबडाहरूको हातबाट टिका जमरा थापेर आर्शिबाद लिन सक्नेछौ ।

विगतका वर्षहरूमा मनाइएको दसैँ  भन्दा यो वर्षको दसैँमा निकै फरकपन भेटिएको छ । कोरोनाका कारणले विगत दुई र तीन वर्ष दसैँ डर, त्रास र सङ्कोचका साथ मनाइयो । व्यापार व्यवसाय ठप्प भएका थिए । बजारहरू सुनसान थिए । सबैमा दसैँको हर्षोल्लास भन्दा कारोनाको त्रास  छाएको थियो ।तर यो वर्ष कोरोनाको माहामारी घटे सँगै दसैँ तिहारको रौनकता फरक तरीकाले छाएको छ । संगंसंगै दसैँ पनि निकै महँगो बनेको छ । बजारमा हरेक सामानको मुल्य विगतका वर्षको तुलनामा निकै आकासिएको छ । अब विगतका वर्षहरूमा जेजस्तो भए पनि यो वर्षको  दसैँमा कोरोनाको त्रास पनि खासै छैन । सबै नेपालीहरू एक आपसमा खुसी साटासाट गरी दसैँ मनाउने तयारीमा छन् ।

तर हामीले  यसका बाबजुद पनि दसैँ मनाउँदा  अलि सचेत त हुनै पर्छ । दसैँका नाममा जथाभाबी घुमघाम गर्ने , स्वास्थ्यको ख्याल नगरी जथाभाबी  खानेकुरा खाने ,र तडकभडक गर्ने जस्ता काम  नगर्न आग्रह छ ।  दसैँलाई आफ्नो छिमेकीको जस्तो महँगो मनाउनु भन्दा आफ्नो आर्थिक अवस्था ख्याल गरेर मनाउ । विजया दशमीको उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदातामा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।