Close This

दसैँले सामाजिक र सांस्कृतिक सम्बन्ध बढाओस् : मुख्यमन्त्री भट्ट

बुधबार असोज १९, २०७९/ Wednesday 10-05-22
Paschim Today

धनगढी,१९ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडा दसैँले नेपालीहरूको सामाजिक र सांस्कृतिक सम्बन्ध बढाउने अपेक्षा गरेका छन् । विजया दशमीको अवसरमा प्रदेशवासीको नाममा आज शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री भट्टले यस्तो अपेक्षा सार्वजनिक गरेका हुन् ।

‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता र सद्भाव कायम रहोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

संस्कृति विविधतायुक्त हाम्रो प्रदेशमा बडादसैँले सबै प्रदेशवासीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबिच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भातृत्व कायम गर्न सहयोग पुगिरहेको र एक आपसमा खुसीयाली साँटासाँट गर्ने अवसर समेत प्रदान गरेको सन्देशमा व्यक्त गरेका छन् ।

मुख्यमन्त्री भट्टले चाडपर्व मनाउँदा खर्चिलो, भड्किलो नबनाई आर्थिक मितव्ययीता कायम राख्न समेत आग्रह गरेका छन् । 

May be an image of text