भारतको अयोध्याबाट टीकापुर आइपुग्यो 'रामराज्य रथ यात्रा'

शुक्रबार असोज २८, २०७९/ Friday 10-14-22
Paschim Today

धनगढी,२८ असोज । भारतको उत्तर प्रदेशको अयोध्याबाट अयोध्याबाट साधुसन्तहरुको समूह सहित असोज ५ गते सुरु भएको 'रामराज्य रथ यात्रा' आज टिकापुर पुगेको छ । असोज २३ गते जनकपुरबाट नेपाल प्रवेश गरेको रामराज्य रथ यात्रा जनकपुर, हेटौडा, नारायणघाट, काठमाडौँ, पोखरा, बुटवल, नेपालगन्ज हुँदै आज टिकापुर पुगेको हो ।

नेपाल-भारत संयुक्त बिश्वहिन्दु परिषद् को आयोजनामा सुरु गरिएको रामराज्य रथ यात्रा १५ हजार किलोमिटर यात्रा पारगरि महेन्द्रनगरको गड्डाचौकी हुँदै पुन: अयोध्या पुगेर समापन गरिने नेपाल तर्फका संयुक्त सचिव राजेशमणि त्रिपाठीले बताए । उनले कन्याकुमारी, कश्मीर हुँदै रामराज्य रथ यात्रा पुनस् अयोध्या पुगेर समापन गरिने बताए ।

रामको जन्मभूमिको पहिचान, हिन्दु धर्मको रक्षा, रामले विवाह गरेको नेपालको जनकपुर क्षेत्रको प्रचारप्रसार गर्नुका साथै धार्मिक पर्यटनलाई बढवा दिने उद्देश्यले रामराज्य रथ यात्रा सुरु गरिएको बताए ।

भारतको बेंगलोर स्थित श्री शक्ति संतानन्द महर्शी गुरुको नेतृवमा विश्वहिन्दु परिषद्ले आयोजना गरेको उक्त रामराज्य रथ यात्रा पुन:अयोध्या पुगेर विशाल जनसमुदायको उपस्थितिमा समापन गरिने संयुक्त सचिव त्रिपाठीले बताए ।