Close This

आजदेखि प्रदर्शनमा आयो 'महापुरुष'

शुक्रबार कार्तिक ११, २०७९/ Friday 10-28-22
Paschim Today

काठमाडौँ,११ कात्तिक । प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म ुमहापुरुषु आजबाट प्रदर्शनमा आएको छ ।एकल पुरुषको प्रेम सम्बन्ध विवाहको विषयवस्तुमाथि निर्माण गरिएको फिल्ममा हरिवंश आचार्यको मुख्य अभिनय रहेको छ ।

फिल्ममा हरिवंशसँगै अरुण क्षेत्री, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडल, सिरु विष्टलगायत कलाकारको अभिनय रहेको छ ।

अभिनेता अरुण र अभिनेत्री अञ्‍जनाले यही फिल्मबाट डेब्यु गरेका छन् । ओपनिङमा नै फिल्म विभिन्न हलहरूमा हाउसफूल देखिएको छ । 'जात्रा' र 'जात्रै जात्रा' र 'शत्रु गते'का निर्देशक भट्टराईको निर्देशनका हिसाबमा यो चौथो फिल्म हो ।पारिवारिक विषयमाथि बनेको फिल्ममा सिच्वेसनल कमेडी छ ।