मेरो प्रतिस्पर्धी कोही छैन : भगत बडुवाल

भगत बडुवाल कम्युनिष्ट राजनीतिमा लागेका नेता हुन । माओवादी केन्द्र आबद्ध उनले २०६४ को संविधान सभाको निर्वाचन जितेका थिए । अहिले उनी कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । प्रस्तुत छ, उम्मेदवार भगत बडुवालसंग गरिएको कुराकानी ।
तपाई लामो समय माओवादी केन्द्रको राजनीतिमा हुनुहुन्थ्यो । २०६४ को निर्वाचनमा पनि विजयी हुनुभयो । त्यस पछि तपाई केही समय राजनीतिबाट पलायन हुनुभयो । फेरि अहिले राजनीतिमा पुन सक्रिय हुनुभयो । र टिकट पनि पाउनुभयो ?
मेरो जीवन नै जीवनको सुरुवात देखिनै अहिलेसम्म म राजनितिमानै क्रियाशील नै छु । म पलायन भएको चाहिँ होइन ।
माओवादी केन्द्रबाट पलायन हुनुभयो केही समय ?
खास गरी संविधान सभाको अवधिभरि हामी सबै एक ढिक्का भएर लाग्यौ । सबैलाई थाहा नै छ पार्टी विभाजन भयो । विभाजन भइसकेपछि हामी अर्को क्षेत्रमा लाग्यो । जहाँ चुनावी राजनीतिमा हामी थिएनौ । त्यस कारणले चुनावमा अलिकति नदेखिएको कारणले त्यो पलायन भन्न मिल्दैन होला जस्तो लाग्छ । तर त्यसपछिका दिनहरूमा खास गरी म कुनै न कुनै हिसाबले पार्टीको माओवादीकै आन्दोलनकै कुनै धारको म चाहिँ कुनै एउटा राजनीतिक जीवनमै सधैँ क्रियाशील छु । म यो चुनावको राजनीतिमा नदेखिएको मात्रै हो ।
पुरानो घरको माया लाग्यो र फर्किनुभयो माओवादीमा ?
अब पुराना साथीहरूले पनि माया माने र मैले पनि त्यो आवश्यकता ठाने र हामी सबै सहभागी भयौ ।
तपाईँको उम्मेदवारी किन ?
अब खास गरी गठबन्धनको हिसाबले कुरा गर्दा खेरी हामीले के भनेका छौ भने अग्रगमन र समृद्धिको मुद्दा हो हाम्रो । हामीले जो ठूलो बलिदानी र त्याग तपस्याका साथ प्राप्त गरेको संविधान सभा र संविधान सभाले निमार्ण गरेको संविधानको रक्षा र त्यो संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्र सहित सङ्घीय संरचनाबाट जो हामीले समृद्धिको एउटा सोच र कल्पना गरेका छौ । त्यो सोच र कल्पनाका साथ अगाडि बढ्ने हाम्रो लक्ष्य छ । अब हामीले धेरै कानून, संविधान या अरू कुनै चाही एजेण्डा छैनन । अब हाम्रो व्यवस्था रक्षा विकास गर्दै हामीले समृद्धि खास गरी आर्थिक, भौतिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य रोजगारी लगायतका कुराहरू यो एउटा चाहिँ नयाँ उचाइमा उठाउँदै हामीले हाम्रो आत्मनिर्भर र अर्थ प्रणालीको विकास गर्दै भौतिक पूर्वाधारहरू विकास गर्दै समाजको रूपान्तरण र विकासको एजेण्डा कसरी सम्भव छ ? के के गर्दा खेरी सम्भव छ त्यो हाम्रो एजेण्डा हो ।
जनातामाँझ गइरहँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
जनताले एउटा चुनावमा मात्रै नेता आउँछन भन्ने कन्सेप्ट त पहिले देखिनै छ । र फेरि पनि चुनाव हो जनताका बिचमा जाने हाम्रो कर्तव्य पनि हो । र हामी गइरहेका छौँ । म जहाँ चुनावमा खटिएको छु । त्यहाँ जनताका ठूला ठूला आशाहरू छैनन । एउटा जो हामी प्रतिनिधिको हिसाबले व्यवस्थाले गर्न सक्ने सामान्य कार्यहरू जो आधारभूत कार्यहरू छन । जो पहिलेले नै सम्पन्न भइसक्नुपथ्र्यो । मेरो मान्यतामा के हो भने जो पहिलेले नै सम्पन्न भइसक्नुपथ्र्यो । र अब अझै पनि हाम्रो जिम्मेवारी, दायित्वमा र हामीले गर्नुपर्ने कामहरूमा तीनै रूपरेखाहरू खानेपानी, शिक्षा, स्वास्थ्य, बाटोघाटो, पुलपुलेसा नै छन् । जो जनताले नै हिजोका दिनहरूमा उठाउथे र अहिले पनि उठाउँछन । र यो दुई नम्बर क्षेत्रमा अझ एउटा समस्या के छ भने लामो समय ४०/५० वर्षदेखि यहाँ चाहिँ नाप जाँच भएको छैन । लालपूर्जा प्राप्त गरेका छैनन । र यो लालपूर्जाको समस्या पनि एउटा जटिल बन्दै गइरहेको छ । यस्ता आधारभूत आवश्यकताहरू नै जनताहरूले खोजी राख्नुभएको छ ।
क्षेत्र नम्बर २ मा गठबन्धन कत्तिको बलियो देखिएको छ त चुनाव जित्नुहुन्छ त ?
दुई नम्बर क्षेत्रमा स्थानीय तहको चुनावमा वडाध्यक्षले पाएको मतका हिसाबले हाम्रो यहाँ पर्याप्त मत छ । र अर्को कुरो अहिले चाहिँ हाम्रो गठबन्धनका साथीहरूका बिचमा कुनै दुई मत अथवा एक अर्काबिचमा कुनै आशंका छैन । हाम्रा पार्टीका सम्पूर्ण निकायहरू अहिले चाहिँ दक्ष रूपमा भएका फिल्डमा छन् । अझ गठबन्धनको सबैभन्दा राम्रो पकड भएको क्षेत्र पनि हो । माओवादी, त्यत्तिकै बलियो छ, काँग्रेस पनि त्यत्तिकै बलियो छ, समाजवादीको पनि यहाँ राम्रो उपस्थिति भएकै ठाउँ हो । त्यस कारणले गर्दा हाम्रो उपस्थिति बलियो छ । चुनाव जित्छौ ।
तपाई मुख्य प्रतिस्पर्धा को संग हुन्छ ?
अझै निक्र्यौल गर्न सकिरहेका छैनौ । मलाई लाग्छ हामीसँग क्लोज फाइट कसैको हुन्छ जस्तो मलाई लाग्दैन ।
नागरिक उन्मुक्ती पार्टी पनि छ नि त अहिले त्यसले कत्तिको प्रभाव पार्छ ?
उहाँहरू पनि हुनुहुन्छ । अब नागरिक उन्मुक्तिको विषयमा पनि अहिले थारु नेतृत्वमा मानिसहरू पनि आफैँ भन्न थालिसक्नुभएको छ । किनभने खास गरी नागरिक उन्मुक्तिको एजेण्डा के त ? उही रेशम चौधरीलाई जेलबाट रिहा गर्ने, त्यो बाहेक उसको राजनीतिक कार्यक्रम के हो ? र उसको लक्ष्य के हो ? यस्ता कुराहरूको जवाफ उहाँहरूले दिन सक्नुभएको छैन । उहाँहरूको बलियो आधार पनि छैन । त्यस कारण यसले हामीलाई कुनै प्रभाव पर्दैन ।
यस अघि निर्वाचित झपट रावल तपाईँको प्रतिस्पर्धा नै हुनुहुन्न त नेकपा एमालेको उम्मेदवार ?
अब उहाँ कस्तो हो भो एउटा कहानी चाहिँ राम्रो बनाउन सक्ने, हावादारी गफ गर्न सक्ने, अब एक खालको सबै चिज मैले गरेको हो भनेर भन्न सक्ने एउटा राम्रो खुबी भएको मान्छे हो उहाँ । अब उहाँको मूल्याङ्कन जनताले गरिहाल्छन् । बाँकी मङ्सिर ४ ले पनि देखाई नै हाल्छ । त्यस कारण अहिले सम्म मेरो प्रतिस्पर्धी कोही छैन ।
अन्तिममा आम मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
बलिदान गरेर ल्याएको व्यवस्था र त्यो व्यवस्थालाई सम्बोधन गर्दै जनता, समाज र देशको अवस्थालाई सुधार गर्नको निम्ति एउटा लोकतान्त्रिक बाम गठबन्धनको साझा एजेण्डा सहित अघि सार्दै र मूल रूपमा गठबन्धनकै खास गरी म काँग्रेस, समाजवादीको पनि साझा उम्मेदवार भएर अघि एकसाथ अघि बढेका छौ । र हाम्रो यो निर्वाचनबाट विजयी प्राप्त भइराख्दा खेरी यो पाँच वर्षमा अस्थिर राजनीतिलाई स्थिर बनाउँदै समृद्धिको यात्रामा हामीले विकास निमार्णका योजनाहरूलाई जोडेर कसरी लैजाने, त्यो परिकल्पनाका साथ हामी अगाडि बढेका छौँ । साथ सहयोग विगतका दिनहरूमा रहे । र अहिले पनि सबै मतदाताहरूले मतदान दिनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौ । र तपाईँहरूको आर्शिवादले हामी चाहिँ यो विजयी यात्रालाई अगाडि बढाएर हामी यो लक्ष्य पुरा गर्नको लागि निम्ति लाग्ने मतदाता समक्षमा हामी प्रतिबद्धता व्यक्त गर्दछौ ।
तपाईको प्रतिक्रिया