कैलालीमा सेनाको ब्यारेक नजिकै बम फेला
आइतबार मङ्सिर ४, २०७९/ Sunday 11-20-22
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/9982022-11-20-09-30-35.jpeg)
धनगढी,४ मंसिर । कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम)फेला परेको छ। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो।
प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको हो। तर, अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन बिथोल्ने अभियानमा लागेकाहरुले उक्त कार्य गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
तपाईको प्रतिक्रिया