कञ्चनपुरबाट झन्डै ७ लाख मुल्यको अवैध सामान बरामद
बुधबार फागुन ७, २०८१/ Wednesday 02-19-25
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ७ लाख मुल्यको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–४ बसपार्क नजिक, भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६ लाख ९६ हजार २० बराबरको सामान बरामद गरिएको हो।
भन्सार छलीका कपडा, पेन्ट, चस्मा, ब्रासेट, बेलुन लाईट, औठी, रुद्राक्ष माला, गोल्डन लकेट, बच्चाको खेलौना, बोईलर कुखुरा, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया